कारोबार


सूचक घटे पनि ६ कम्पनीको सेयरमा लाग्यो सकारात्मक सर्किट

सूचक घटे पनि ६ कम्पनीको सेयरमा लाग्यो सकारात्मक सर्किट

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १५:८, काठमाडौँ

साताको तेस्रो कारोबार दिन सेयरबजारमा ६ कम्पनीले सकारात्मक सर्किट ब्रेक गरेका छन्। 

सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुंगल हाइड्रो र श्रीनगर एग्रिटेकको सेयर १० प्रतिशतले बढेको हो। 

योसँगै यी कम्पनीका लगानीकर्ताले एकै दिन क्रमशः १६१.३०, ९८.७०, ८८.७०, ६७, ५६.२०, ५३.४० रुपैयाँ प्रतिसेयर आम्दानी गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

आजको कारोबारमा कुल १२५ वटा सेयरको मूल्य बढ्दा ११९ वटाको घटेको र १३ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। 

आज ग्रिन भेन्चर्स लिमिटेड ९.८५ प्रतिशतले घटे पनि बाँकी सेयरमा ३.८८ प्रतिशतभन्दा बढी गिरावट देखिएको छैन। कारोबारमा भने युनियन हाइड्रोपावर अगाडि छ। कम्पनीको ३१ करोडको कारोबार भएको नेप्सेले जनाएको छ। 

नेप्से ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा थामिएको दिन कुल १ करोड कित्ता बिक्री भएको थियो। जसमा ४ अर्ब ४८ करोडको कारोबार भयो। 

यस दिन विकास बैंक, फाइनान्स, जलविद्युत्, उत्पादन र प्रशोधन, सामूहिक लगानी, निर्जीवन बीमा, अन्य र व्यापार सूचक हरियो रहे। बाँकी भने घटेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad