कारोबार


‘लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति गर्ने नीति आवश्यक’

‘लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति गर्ने नीति आवश्यक’

नेपालखबर
मंसिर १५, २०८२ सोमबार १६:४, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी क्षेत्रको मनोबल उकास्नका लागि लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक रहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज सेजनको २९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले लामो समयदेखि शिथिल अर्थतन्त्रबाट प्रभावित उद्यमी व्यवसायीहरुलाई सहजता प्रदान गर्न लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिए। 

अध्यक्ष अग्रवालले भने, ‘लगानीमैत्री वातावरण निर्माणका लागि पहिलो आवश्यकता  सुरक्षाको प्रत्याभूति नै हो।’

स्वदेशी लगानीकर्ताको मनोवल उकास्न सरकारले अविलम्व लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति हुने गरी नीतिगत व्यवस्था गर्नुपर्दछ ।
विदेशी लगानीकर्ताहरुको सुरक्षाको प्रत्याभूतिका लागि दुईपक्षीय लगानी प्रवर्द्धन तथा सुरक्षा सम्झौता गरिएजस्तै आन्तरिक लगानी प्रवर्द्धनका लागि पनि ठोस नीतिगत व्यवस्था हुनुपर्ने अध्यक्ष अग्रवालको भनाइ छ।

लगानी वातावरण, रोजगारी सिर्जना, राजस्व संकलन, वित्तीय स्थिरता लगायतका आर्थिक चुनौतीहरु मुलुकले भोगिरहेको अध्यक्ष अग्रवाले बताए।

करिव ६ वर्षदेखि नै कोभिड १९ को प्रभाव र त्यसपछिको अर्थतन्त्रको कुशल व्यवस्थापन हुन नसक्दा अर्थतन्त्र शिथिलताबाटै गुज्रिरहेको उनको भनाइ छ। 

उनले भने, ‘अपार प्राकृतिक स्रोतहरुले भरिपूर्ण हाम्रो देशमा लगानीमैत्री आर्थिक नीतिहरुको अभावले आर्थिक समृद्धि हासिल गर्नु त परै जावस आफ्नो युवा जनशक्तिका लागि रोजगारी समेत सिर्जना हुनसकेको छैन।’

विगतका संकुचित र अव्यवहारिक मौद्रिक नीतिहरुका कारण पछिल्लो ४ वर्षमा १ लाख ५० हजारभन्दा बढी उद्यमी व्यवसायीहरु कर्जा कालोसूचीमा परेको अध्यक्ष अग्रवालले बताए।  

लामो समयदेखि शिथिल अर्थतन्त्रबाट प्रभावित उद्यमी व्यवसायीहरुलाई लागि सहजता प्रदान गर्न नेपाल राष्ट्र बैंकद्वारा जारी चालू पुँजी कर्जा निर्देशिकालाई खारेज गर्नुपर्ने अध्यक्ष अग्रवाललको भनाइ छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad