कारोबार


मन्त्री घिसिङको निर्देशनपछि हिउँदमै सुरु भयो काठमाडौँका सडकको खाल्डाखुल्डी मर्मत (तस्बिरहरू)

मन्त्री घिसिङको निर्देशनपछि हिउँदमै सुरु भयो काठमाडौँका सडकको खाल्डाखुल्डी मर्मत (तस्बिरहरू)

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १०:९, काठमाडौँ

ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङको निर्देशनपछि सडक विभागले काठमाडौँ उपत्यकाकाका मुख्य सडकका खाल्डाखुल्डी मर्मत गर्न सुरु गरेको छ। 

सहर सफा र सुन्दर बनाउने अभियानअन्तर्गत काठमाडौँ उपत्यकाका मुख्य सडकमा रहेका खाल्डाखुल्डी मर्मत गरी कालोपत्रे गर्न सुरु गरिएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ।

यसअघि सडक विभागले सँधै आर्थिक वर्षको अन्त्यमा र वर्खा लागेपछि मात्रै सडकका खाल्डाखुल्डी पुर्दै आएको थियो। 

यस वर्ष सडकको मर्मतसम्भार हिउँदयाममै सुरु गरिएको हो। 

मन्त्री घिसिङले अहिलेको मौसम उपयुक्त रहेकाले सडक निर्माणको कामलाई तिव्रता दिन सम्बन्धित निकायलाई आग्रह गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad