अनलाइन एजुकेसन कम्पनी फिजिक्सवल्लाहको बलियो बजार प्रवेशसँगै गत मंगलबार दुई नयाँ भारतीय अर्बपति जन्मिए।
संस्थापक तथा प्रमुख कार्यकारी अलख पाण्डे अहिले भारतकै कान्छा अर्बपति बनेका छन्। ३३ वर्षको उमेरमै उनले यस्तो सफलता हात पारेका हुन् । उनका व्यावसायिक साझेदार प्रतीक बुब पनि ३७ वर्षमा अर्बपति बनेका छन्। बुब कम्पनीको बोर्ड निर्देशक छन्।
नोयडाको कम्पनीले इन्जिनियरिङ र मेडिकल कलेजहरुलाई प्रवेश परीक्षाका लागि तयारी पाठ्यक्रम र विद्यालय पाठ्यक्रमहरु उपलब्ध गराउँछ। यो कम्पनी आफ्नो साधारण सेयरको मूल्यको ४२ प्रतिशत प्रिमियमसहित सूचीकृत भएको छ।
फिजिक्सवल्लाहले अनलाइन र अफलाइन कोर्सहरु उपलब्ध गराउँछ। कम्पनीले भारतमा १ करोड विद्यार्थीमाझ एपका माध्यमबाट पुगेको जनाएको छ। आईपीओ जारी गरेर कम्पनीले ३९ करोड अमेरिकी डलर संकलन गरेको छ। यसमा आईपीओसँगै दुई संस्थापकले बिक्री गरेको सेयर समावेश छ।
यसबाट अझ धेरै अफलाइन सेन्टरहरु खोल्ने र प्रविधि र बजारीकरणलाई कम्पनीले प्राथमिकतामा राखेको छ।

जुनसम्म कम्पनीका २ सय बढी सक्रिय युट्युब च्यानल रहेका थिए। यसका कुल सब्सक्राइबर १० करोड रहेका थिए। पछिल्ला वर्षहरुमा कम्पनीले प्राप्ति प्रक्रियालाई जोड दिँदै आएको छ। सन् २०२२ मा यसले भारतीय आप्रवासीलाई लक्षित गर्दै यूएईको टेस्ट–प्रेप स्टार्टअप नलेज प्लानेटलाई सार्वजनिक नगरिएको रकममा प्राप्ति गरेको थियो। एक वर्षपछि कम्पनीले केरलाको टिचिङ प्लेटफर्म जिलेम लर्निङमा ५० प्रतिशत सेयर स्वामित्वका लागि ५ अर्ब भारु खर्च गरेको थियो। यही वर्षको सुरुतिर कम्पनीले भारतको सार्वजनिक सेवा आयोग परीक्षाहरुका लागि खोलिएको टेस्ट प्रेप कम्पनीलमा ४० प्रतिशत सेयर स्वामित्व लियो।
फिजिक्सवल्लाहको आम्दानी सन् २०२३ को ७.४ अर्ब भारुबाट सन् २०२५ सम्म आइपुग्दा झण्डै २९ अर्ब भारु पुगिसकेको छ भने घाटा पनि एक अर्ब भारुबाट सोही अवधिमा २.४ अर्ब भारु पुगिसकेको छ। यद्यपि विश्लेषकहरुले भने यो घाटामा त्यति ध्यान दिएका छैनन्।
‘फिजिक्सवल्लाहको तरिका नै उल्टो छ, शिक्षणशैली पहिलो, वितरण दोस्रो र पुँजी तेस्रो। सामान्यतया पहिले पुँजी उठाइन्छ, त्यसपछि बजारीकरण र प्राप्तिमा खर्च गरिन्छ र बल्ल वितरण र त्यसपछि शिक्षणमा ध्यान केन्द्रित गरिन्छ’, शिक्षण कम्पनी ट्युटर भिस्टाका सहसंस्थापक के गणेश भन्छन्। उनले ट्युटर भिस्टालाई सन् २०१३ मा पियर्सनलाई बिक्री गरेका थिए।
सन् २०२० मा कम्पनी सुरु भएको थियो। सो क्रममा यसले इन्जिनियरिङ र मेडिकल अध्ययनहरुका लागि प्रवेश परीक्षा सहज बनाउन कोचिङ अफर ग¥यो। पाण्डेले बुबसँग साझेदारी गरे। जतिबेला उनी ‘फिजिक्स वल्लाह अलख पाण्डे’ युट्युब च्यानलमा फिजिक्स (भौतिक शास्त्र) सिकाउँथे। यता बुबको आफ्नै इ–लर्निङ एप ‘पेनपेन्सिल’ थियो। उनीहरु दुवैको सुपथ मूल्यमा शिक्षा उपलब्ध गराउने कुरा मिलेपछि दुवैले आआफ्ना कामलाई एकै बनाउने निर्णय गरे।
कम्पनीले दुई चरणमा लगानी भित्र्याएको थियो। सन् २०२२ मा ९ अर्ब भारु संकलन गरेको कम्पनीले २०२४ मा १८ अर्ब ६० करोड संकलन गरेको थियो। यसले अमेरिकी लगानीकर्ताहरु वेस्टब्रिज क्यापिटल र लाइटस्पिड भेन्चर पार्टनर्सलगायतको ध्यान खिच्यो।

को हुन् पाण्डे र बुब?
सहसंस्थापक पाण्डे तेस्रो वर्ष पढ्दा पढ्दै इन्जिनियरिङ कलेज छाडेका विद्यार्थी हुन्। उनले सन् २०१४ मा युट्युब च्यानल खोलेका थिए। जहाँ निःशुल्क भौतिकशास्त्रका कक्षा सञ्चालन गर्थे। उक्त च्यानलले त्यसयता १ करोड ४० लाख सब्सक्राइबर पाइसकेको छ।
उत्तरप्रदेश राज्यको एउटा सानो सहर प्रयागराजमा हुर्केका पाण्डे सानैदेखि ट्युसन पढाउँथे। ८ कक्षामा पढ्दा नै उनी ४ र ५ कक्षाका विद्यार्थीलाई प्राइभेट ट्युसनमार्फत सिकाउँथे। उनले मिम्स, जोकहरु र ट्याटुलाई आफ्नो शिक्षण सिकाइको शिल्पसाधन बनाएका थिए।
यता अहिले कम्पनीमा रणनीतिक पहलहरु हेर्दै नवप्रवर्तनको नेतृत्व गरिरहेका बुबले बनारस हिन्दु विश्वविद्यालयको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा बीटेक गरेका छन्। उनी मेकानिकल इन्जिनियर हुन्।
शिक्षा प्रविधि कम्पनीका पूर्वअर्बपति व्यजु रवीन्द्रन लोकप्रिय ट्युटर हुनुले सफलतालाई सुनिश्चितता नगर्ने बताउँछन्। उनले पनि व्यजुज शैक्षिक एप ल्याएका थिए र नयाँ नयाँ शिक्षणशिल्प प्रयोग गरी कठिन गणित अवधारणाहरु बुझ्न विद्यार्थीलाई सहयोग गरेका थिए। व्यजुको एप छिटै ठूलो भइदियो। अहिले आफ्नो सम्पत्ति अदालत प्रशासनबाट बिक्रीको चरणमा पुगेको छ।
भारतको शिक्षा क्षेत्र हराउनुअघि भद्दा चर्चा र मूल्यका शिक्षण कम्पनीहरुको उदाहरणमा जकडिएको छ। पब्लिक कम्पनी बनेका एजुकम्प, एभरन, एडसर्भ सफ्टसिस्टम्स र कोर एजुकेसन एन्ड टेक्नोलोजी सबै यसका उदाहरणहरु हुन्।

एक उदाहरण, एभरनको २००७ को आईपीओ १४५ गुणा बढी किनिएको थियो। तर यी सबै एक दशकमै विस्तारको चरणमा ऋणमा दोब्रिएर तहसनहस हुनपुगे।
दोस्रो लहरमा व्यजुका र अनलाइन लर्निङ एप अनएकेडेमी जस्ता एडटेक कम्पनी देखापरे र उच्च मूल्यांकन प्राप्त गर्न केन्द्रित भए। व्यजुले सन् २०२२ मा २२ डलरको उच्च मूल्यांकन पाएको थियो। त्यसपछि यसको अधोगति सुरु भयो। अनएकेडेमी अहिले सन् २०२१ मा यसले पाएको ३ अर्ब ४० करोड डलर मूल्यांकनको १० मध्ये एक भाग मूल्यको बनेको छ।
केही विश्लेषकहरु फिजिक्सवल्लाहप्रति भने आशावादी देखिन्छन्।
‘यसको विकास र संस्थापकहरुको राम्रो रणनीतिले यसको मूल्य वास्तविक रहेको देखिन्छ’, डिजिटल कन्सल्टिङ एन्ड इन्भेस्टमेन्ट कम्पनी फाइभएफ वर्ल्डका प्रमुख गणेश नटराजन भन्छन्, ‘उनीहरुसँग केन्द्रीय सञ्जालको सम्मिलन छ र एउटा विवेकपूर्ण रणनीति पनि छ।’ फोर्ब्सबाट
Shares

प्रतिक्रिया