कारोबार


आइतबार ६९ सय घटेर बुधबार २८ सय बढेको सुनको भाउ आज कति?

चाँदीकाे मूल्य २ दिनमा ९५ रुपैयाँ बढ्याे
आइतबार ६९ सय घटेर बुधबार २८ सय बढेको सुनको भाउ आज कति?

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार ११:४०, काठमाडौँ

सुनको मूल्य आज पनि बढेको छ। 

हिजो तोलामा दुई हजार आठसय रुपैयाँ बढेको सुनको मूल्य आज पनि सातसय रुपैयाँ बढेको हो। 

आज सुन तोलाको दुई लाख ४३ हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। 

सुनको मूल्य गएको मंगलबार तोलामा तीन हजार आठसय रुपैयाँ घटेको थियो। 

सुनको मूल्य हिजो दुई लाख ४२ हजार तीनसय रुपैयाँ थियो।

सुनको मूल्य गएको आइतबार तोलामा ६ हजार नौसय घटेको थियो भने सोमबार तोलामा पाँचसय रुपैयाँ बढेको थियो। 

गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज पनि चाँदीको मूल्य बढेको छ।

हिजो तोलामा ६० रुपैयाँ बढेर तीन हजार एकसय ५० रुपैयाँ पुगेको चाँदीको मूल्य आज ३५ रुपैयाँ बढेर तीन हजार एकसय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad