ग्लोबल


बंगलादेशमा सञ्चारमाध्यमलाई शेख हसिनाका अभिव्यक्ति प्रकाशन गर्न प्रतिबन्ध

हसिनालाई फिर्ता लान इन्टरपोलको सहयोग लिइने
बंगलादेशमा सञ्चारमाध्यमलाई शेख हसिनाका अभिव्यक्ति प्रकाशन गर्न प्रतिबन्ध

नेपालखबर
मंसिर ३, २०८२ बुधबार ५:४२, काठमाडौँ

बंगलादेशको अन्तरिम सरकारले देशका सबै सञ्चारमाध्यम (प्रिन्ट, टिभी र अनलाइन) लाई पूर्वप्रधानमन्त्री शेख हसिनाका अभिव्यक्ति प्रकाशन/प्रसारण नगर्न कडा निर्देशन दिएको छ।।

बंगलादेश सरकारले यसको कारण राष्ट्रिय सुरक्षा भनेको छ।

राष्ट्रिय साइबर सुरक्षा एजेन्सी (एनसीएसए) ले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै शेख हसिनालाई अब दोषी र फरार घोषणा गरिएको बताएको छ।

विज्ञप्तिअनुसार, उनको अभिव्यक्तिले  हिंसा भड्काउन, अशान्ति फैलाउन र देशमा सामाजिक सद्भाव बिगार्न सक्छ।

अर्कातर्फ, अन्तरिम सरकारले अब हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई देश फिर्ता ल्याउन इन्टरपोलको सहयोग लिनेछ।

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) का अभियोजक गाजी एमएच तमिमले फैसला र पक्राउ वारेन्टको प्रतिलिपि परराष्ट्र मन्त्रालयमार्फत इन्टरपोलमा पेस गर्ने बताएका छन्।

बंगलादेशको अदालतले सोमबार पूर्वप्रधानमन्त्री हसिना र पूर्वगृहमन्त्री कमलविरुद्ध मृत्युदण्डको फैसला गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad