ad ad

कारोबार


कोरोना प्रभावितलाई राष्ट्र बैंकको राहत, २ प्रतिशत ब्याजदर घटाइने

कोरोना प्रभावितलाई राष्ट्र बैंकको राहत, २ प्रतिशत ब्याजदर घटाइने

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार १३:२२,

कोरोना प्रभावित व्यवसायलाई राष्ट्र बैंकले ब्याजदरमा राहत दिने भएको छ। राष्ट्र बैंकले कर्जाको २ प्रतिशत ब्याजदर घटाउन आज बैंकहरुलाई निर्देशन दिएको छ।

बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै राष्ट्र बैंकले ब्याजदर घटाउन भनेको हो।

आज जारी निर्देशनअनुसार खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेसन, साबुन तथा केमिकल उद्योग, मेडिकल पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगले लिएको ऋणमा बाहेक अन्य क्षेत्रका लागि दिइएको ऋणमा बैंकहरुले २ प्रतिशतका दरले ब्याजदर घटाउनु पर्नेछ।

अन्य सुविधामा भने पहिलानै घोषणा गरेको राहतअनुसार असार सम्म किस्ता बुझाउँदा जरिवाना लाग्ने छैन। साथै उद्योगीले चालु पुँजी कर्जामा थप १० प्रतिशत कर्जा लिन सक्ने गरी सीमा बढाइएको छ।

१५ लाख रुपैयाँसम्म लिएका साना ऋणीहरुका लागि राष्ट्र बैंकहरुलाई २ प्रतिशतमा पुनर्कर्जा उपलब्ध गराउने र बैंकहरुले त्यस्तो कर्जामा ५ प्रतिशतभन्दा बढी ब्याजदर असुल गर्न पाउने छैनन्।

त्यस्तै कोरोनाबाट प्रभावित व्यवसायीले ऋण माग्दा ७ दिनभित्रै ऋण स्वीकृत गरिसक्नु पर्नेछ। त्यसैगरी कर्जाको ब्याजदर ५ प्रतिशत कायम गर्नुपर्ने उक्त निर्देशनमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .