नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शान्ति-सुरक्षाको ग्यारेन्टी नहुँदै लगानीको वातावरण बन्न कठिन हुने बताएका छन्।
‘मुलुकको समग्र आर्थिक विकासका लागि सुशासन र सुरक्षा निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शितासँगै स्थिरता हुनुपर्छ,’ पाण्डेले भने, ‘लगानी बढ्न नसके त्यसको प्रत्यक्ष असर रोजगारीमा पर्नसक्छ। आजको विश्व बजार कुनैपनि लगानीकर्ताको लागि खुला रहेको हुँदा शान्ति सुरक्षाको लागि यो वा त्यो नभनि संवेदनशिल रुपमा लिनुपर्छ।’
उनले प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड र लुटपाटले उद्योगी व्यवसायीलाई दुःखी र चिन्तित बनाएको औँल्याउनुभयो र भने कि सरकार गठनसँगै भएका केही निर्णयहरूले सकारात्मक सन्देश दिएको बताए।
अध्यक्ष पाण्डेले समयमै लगानीकर्ताको मनोबल बढाउने र आन्दोलनको बहानामा निजी सम्पत्तिमा आक्रमण गर्ने, आगजनी तथा तोडफोडमा संलग्नहरूलाई कडा कारबाही गर्ने कदम चाल्न सरकारसमक्ष माग गरे।
Shares

प्रतिक्रिया