लक्ष्मी सनराइज बैंकको नाफामा व्यापक गिरावट आएको छ। बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफामा ३८.०४ प्रतिशतले गिरावट आएको हो।
गत वर्ष पहिलो त्रैमासिकमा कुल ५३ करोड ६३ लाखबराबरको नाफा कमाएको बैंकले चालू आवको सोही अवधिमा जम्मा ३३ करोड २३ लाख मात्रै नाफा कमाउन पुगेको हो।
पहिलो त्रैमासिकमा बैंकको खुद ब्याज आम्दानी बढे पनि सञ्चालन मुनाफा घटेको छ भने इम्पेयरमेन्ट चार्ज पनि बढ्दा त्यसको असर खुद नाफामा देखिन पुगेको हो।
चालू आवमा खुद ब्याज आम्दानी १.५९ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी २६.५९ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १४.८० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२.११ प्रतिशत घटेको छ।
यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १६ करोड ७९ लाख रुपैयाँबाट बढेर १ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ पुगेको छ।
Shares

प्रतिक्रिया