कारोबार


ग्लोबल आईएमई बैंकको तीन महिनाको नाफा २ अर्ब नजिक

ग्लोबल आईएमई बैंकको तीन महिनाको नाफा २ अर्ब नजिक

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार ११:०, काठमाडौँ

ग्लोबल आइएमई बैंकको पहिलो त्रैमासको नाफा २ अर्ब नजिक पुगेको छ । बैंकले पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब ८५ करोडको नाफा देखाएको हो ।

यो गत आर्थिक वर्षभन्दा २२.९२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड खुद नाफा कमाएको थियो।

त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.३६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.४४ प्रतिशत बढेको छ। 

चालु आवको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी पछि बढेको छ। ०.३४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २.६२ प्रतिशत बढेको हो 

पहिलो त्रैमासको मुनाफाबाट बैंकको लगानीकर्तालाई दिन सक्ने लाभांश क्षमता पनि प्रतिकित्ता २२ रुपैयँ ९५ पैसा पुगेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad