कारोबार


चित्लाङमा टेलिकमको एनटी फाइबर सेवा विस्तार

चित्लाङमा टेलिकमको एनटी फाइबर सेवा विस्तार

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १६:३९, काठमाडौँ

नेपाल टेलिकमले मकवानपुरको पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको थाहा नगरपालिका, चित्लाङमा एनटी फाइबर (एफटीटीएच) सेवाको विस्तार गरेको छ। 

थाहा नगरपालिका-९ मा रहेको स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा बुधबार टेलिफोन तथा इन्टरनेट सेवा सहितको एफटीटीएच सेवा सञ्चालन गरेसँगै उक्त क्षेत्रमा आधारभूत टेलिफोन तथा इन्टरनेट सेवाको सुरुवात भएको हो.

ग्राहकवर्गको निरन्तर बढ्दो मागसँगै केही विद्यालय तथा अन्य संस्थाहरुमा एफटीटीएच जडानको प्रकृया अगाडि बढिसकेको छ।

हाल रेडियो ब्याकहलबाट सेवाको सुरुवात गरिएकोमा ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्न निकट भविष्यमा नै फाइबर ब्याकहलबाट सेवाप्रवाह गरी टेलिफोन, इन्टरनेट तथा टेलिभिजन सेवासमेत विस्तार गर्ने योजना कम्पनीको रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad