कारोबार


राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने निर्णय

राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने निर्णय

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १७:४५, काठमाडौँ

अर्थमन्त्री रामेश्वरप्रसाद खनालको अध्यक्षतामा केन्द्रीय राजस्व चुहावट समितिको बैठक बसेको छ।

अर्थ मन्त्रालयको सभाहलमा बसेको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृह सचिव, अर्थ सचिव, महानिरीक्षक-नेपाल प्रहरी, महानिरीक्षक-सशस्त्र प्रहरी बल नेपाल, मुख्य अनुसन्धान निर्देशक-राष्ट्रिय अनुसन्धान विभाग, महानिर्देशक-भन्सार विभाग, महानिर्देशक-आन्तरिक राजस्व विभाग, महानिर्देशक-राजस्व अनुसन्धान विभाग, महानिर्देशक- सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग लगायतको उपस्थिति रहेको मन्त्रालयले जनाएको छ।

बैठकमा मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीले प्रस्तुति दिएका थिए।

बैठकमा राजस्व चुहावट नियन्त्रणका लागि जिल्लास्तरमा समेत समन्वयात्मक बैठक आयोजना गर्ने निर्णय भएको छ। 

त्यस्तै राजस्व चुहावट नियन्त्रणका लागि सबैको सामूहिक प्रयास, सबै निकायहरुबीच सूचनाको आदान प्रदान, जिल्लास्तरमा सचेतना कार्यक्रमको आयोजना गर्ने, समितिका आगामी बैठकहरु अन्य कार्यालयहरु/निकायहरुमा गर्ने र जिल्लास्तरका चुहावट नियन्त्रणमा संलग्न कार्यालयहरुलाई पनि अनलाइनमा जोडी संयुक्त रुपमा गर्ने व्यवस्था मिलाउनेलगायतका विषयमा अर्थमन्त्रीले निर्देशन दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad