कलंकीमा नेपालकै पहिलोपटक सुविधासम्पन्न प्रतिक्षालय सञ्चालनमा आएको छ।
देशको जुनसुकै ठाउँका लागि पनि टिकट काट्न सकिने अनलाइन प्लेटफर्म बससेवा डटकमले यात्रुहरूका लागि सुविधासम्पन्न प्रतिक्षालय सञ्चालनमा ल्याएसँग यात्रुहरूलाई गाडी कुरेर बाटोमा बस्नुपर्ने बाध्यता कम भएको छ। प्रतिक्षालयमा ७० देखि १ सय जनासम्म यात्रुहरू विश्राम गर्न कुर्सीहरू राखिएको छ।
यात्रुहरूका लागि फ्री वाइफाईको व्यवस्था गरिएको छ भने चिसो, तातोपानीको समेत व्यवस्था गरिएको छ।
बस सेवा डटकमका बिजनेस हेड डेनिसजंग थापाले बसको टिकट काट्ने यात्रुलाई फोकस गरेर नेपालमै पहिलो पल्ट सुविधा सम्पन्न यात्रु प्रतिक्षालय खोलिएको बताए। उनकाअनुसार बस सेवा डटकमले सोही प्रतिक्षालयबाट पनि अनलाइन टिकटको व्यवस्था गरेर यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउने व्यवस्था गरेको छ।
बिजनेस हेड डेनिसजंग थापाले भने, ‘बसको टिकट काटेर यात्रु मज्जाले यात्रु प्रतिक्षालयमा बस्न सकिन्छ। बाइफाइ, चिया, तोतो चिसो पानीको व्यवस्था पनि गरेका छौँ। बसपार्कदेखि कलंकीसम्म गाडी नआउञ्जेल मज्जाले यहाँ बस्न पाइन्छ । यहाँ ७० देखि १०० जना यात्रु प्रतिक्षालयमा बस्न सक्नुहुन्छ। बेलुका र बिहानमा यात्रुहरुको चाप प्रतिक्षालयमा हुने गरेको छ।’
उनकाअनुसार आगामी दिनमा कलंकीमा मात्रै नभएर देशका विभिन्न बसपार्क नजिक यस्ता खाले प्रतिक्षालय बनाउने योजना बस सेवाको रहेको छ। यात्रुहरूलाई बस चढ्ने र झर्ने बेला धेरै नै दुःख देखेर आफूहरुले कलंकीसहित अन्य ठाउँमा समेत सुविधासम्पन्न प्रतिक्षालय खोल्न प्ररित गरेको थापाले बताए।
कलंकीको प्रतिक्षालयमा एसीको समेत व्यवस्था गरिएको उनको भनाइ छ। प्रतिक्षालयमा ४/५ जना कर्मचारीहरु समेत छन्। उनीहरुले यात्रुको समानको समेत सुरक्षा गर्ने गरेका छन्।
कलंकीको सुविधासम्पन्न प्रतिक्षालयमा बसको यात्रु बालकृष्ण पाण्डेले यात्रु प्रतिक्षालयले धेरै सहज बनाएको बताए। उनकाअनुसार पहिला काठमाडौं आउँदा कलंकीमा धेरै दुःख पाइने समस्या रहेकोमा अहिले अञ्जानको ठाउँमा आउदा पनि यात्रु प्रतिक्षालयकै कारण केही सहज महसुश हुने बताउँछन्।
यात्रु पाण्डेले भने, ‘बससेवाले सञ्चालन गरेको यात्रु प्रतिक्षालय एकदमै राम्रो लाग्यो। मैले कपिलवस्तुबाट टिकट काटेर आउदाँ पनि बससेवा अनलाइनबाटै काटेको थिएँ, काठमाडौंमा झर्दा पनि यसैको प्रतिक्षालयमा बस्न पाएँ। पहिले कलंकीमा झर्दा बाटोमा उभिनुपर्ने समस्या थियो। प्रतिक्षालय बनेपछि यहाँ बस्न पाइयो। धेरै आनन्द आयो। धेरै खुशी समेत लाग्यो।’
बस सेवा डटकमकाअनुसार दैनिक सयौँले यो प्लेटफर्ममार्फत टिकट काटेर यात्रा गरिरहेका छन्। जसकारण यात्रु ठगिने समस्या हटेको छ भने लामो लाइनमा बस्नुपर्ने झन्झट पनिको कमी भएको छ।
Shares

प्रतिक्रिया