कारोबार


एनआईसी एसिया र वीरगन्जको किरण आँखा अस्पतालबीच छुट सम्झौता

एनआईसी एसिया र वीरगन्जको किरण आँखा अस्पतालबीच छुट सम्झौता

नेपालखबर
असोज २३, २०८२ बिहिबार १६:३५, काठमाडौँ

किरण आँखा अस्पतालमा एनआईसी एसिया बैंकका ग्राहकहरुले आँखा उपचार गर्दा विशेष छुट पाउने भएका छन्।

बैंक र अस्पतालबीच यससम्बन्धी सम्झौता भएको हो। 

ग्राहकहरुले वीरगन्जमा रहेको उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।  

उक्त हस्पिटलमा ओपीडी, डायग्नोस्टिक्स, सर्जरी, ब्रान्डेड अप्टिकल÷ननब्रान्डेड अप्टिकल सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ।  

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई आँखा उपचारमा सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad