गएका चार दिनदेखि लगातार बढिहेको सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान कायम गरेको छ।
प्रतितोला दुई हजार ६ सय रुपैयाँ बढेर सुनको मूल्य आज दुई लाख ३८ हजार रुपैयाँ पुगेको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो।
हिजो सुनको मूल्य दुई लाख ३५ हजार चारसय रुपैयाँ थियो।
गएको आइतबारदेखि लगातार बढ्दै आएको सुनको मूल्यमा दिनहुँ उच्च मूल्यको नयाँनयाँ रेकर्ड बनिरहेको छ।
गएको आइतबार तोलामै सात हजार रुपैयाँ बढेको सुनको मूल्य सोमबार दुई हजार पाँचसय रुपैयाँ बढेको थियो। हिजो मंगलबार सुन तोलामा दुई हजार तीनसय रुपैयाँ बढेको थियो।
असोज १२ गतेपछि यही असोज १९ गते मात्र सुनको नयाँ मूल्य सार्वजनिक भएको थियो।
आज चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँ घटेको छ।
सोमबार तोलाको २ हजार ९६० पुगेको चाँदीको मूल्य आज तोलामा दुई हजार नौसय ५५ रुपैयाँमा झरेको छ।
Shares

प्रतिक्रिया