कारोबार


बाढी पहिरोले ५ जलविद्युत् आयोजनामा क्षति, १३ वटाको उत्पादन बन्द (सूचीसहित)

बाढी पहिरोले ५ जलविद्युत् आयोजनामा क्षति, १३ वटाको उत्पादन बन्द (सूचीसहित)

फाइल तस्बिर


नेपालखबर
असोज १९, २०८२ आइतबार १६:४६, काठमाडौँ

शुक्रबारदेखि अविरल परेको वर्षाका कारण १८ वटा जलविद्युत् आयोजनाहरुलाई क्षति पुगेको छ। 

जलविद्युत् व्यवसायीहरुको संगठन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपालले गरेको प्रारम्भिक तथ्यांकअनुसार हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावटका १३ आयोजनाको उत्पादन बन्द छ भने निर्माणाधीन अवस्थाका ९३ मेगावाटका ५ वटा आयोजनामा बाढीले क्षति पुगेको छ। 

इप्पानका अनुसार इलाम जिल्लाको मात्रै ४.५ र २२ मेगावाटको माइखोला हाइड्रोपावर, ८ र ७ मेगावाटको माइखोला क्यासकेड, ७.८ मेगावाट र ९.६ मेगावाटको सुपरमाई र सुपरमाई ए जलविद्युत र ३ मेगावाटको सुपरमाई ए क्यासकेड जलविद्युत आयोजनामा क्षति पुगेर उत्पादन बन्द भएको हो। 

योबाहेक इलामकै जोगमाई खोला, जोगमाई क्यासकेड, तल्लो जोगमाई, माइबेनी हाइड्रो, माथिल्लो माई खोला, माइसी क्यासकेड आयोजनामा क्षति पुग्दा उत्पादन बन्द भएको हो।

यस्तै निर्माणाधीन अवस्थामा रहेका पाँचथर, इलाम र सिन्धुपाल्चोकका ५ वटा आयोजनामा क्षति पुगेको छ।

पाँचथरको सभाखोला बी, हेवाखोला, सिद्धिखोला, ब्रह्मायणी र अपर ब्रह्मायणी हाइड्रोपावरमा बाढी तथा पहिरोले क्षति पुर्‍याएको हो।

इप्पानले इलाम, पाँचथर र सिन्धुपाल्चोक जिल्लामा १८ वटा साना तथा ठूला आयोजना क्षतिग्रस्त भएको विवरण सार्वजनिक गर्दा सरकारले भने हालसम्म २ वटा मात्रै जलविद्युत् आयोजनामा क्षति पुगेको विवरण सार्वजनिक गरेको छ। 

ऊर्जामन्त्री कुलमान घिसिङले आइतबार पत्रकार सम्मेलन गर्दै देशभर वर्षाका कारण निजी क्षेत्रले सञ्चालन गरेको २ वटा मात्रै जलविद्युत् क्षेत्रमा क्षति पुगेको विवरण सार्वजनिक गरेका थिए। यद्यपि जलविद्युत् व्यवसायीहरुले भने १३ वटा जलविद्युत् आयोजाना क्षतिकै कारण पूर्ण रुपमा बन्द हुन पुगेको विवरण सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad