कारोबार


छोटो दूरीका यातायात सुचारु गर्ने, जोखिमयुक्त स्थानमा रात्रिबस सेवामा अझै रोक

अवरुद्ध सडक मर्मत गरी तत्काल सञ्चालन गर्न विभागलाई पत्राचार
छोटो दूरीका यातायात सुचारु गर्ने, जोखिमयुक्त स्थानमा रात्रिबस सेवामा अझै रोक

फाइल तस्बिर


नेपालखबर
असोज १९, २०८२ आइतबार १६:२०, काठमाडौँ

आइतबार बसेको मनसुन प्रतिकार्य कमान्ड पोस्ट बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको शनिबारको निर्देशनअनुसार लामो दूरी र काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधन सञ्चालनमा लगाइएको रोकावट खुकुलो पार्ने निर्णय गरेको छ। 

यसका लागि अवरुद्ध सडकहरुको मर्मतसम्भार गरी तत्काल सडक सुचारु गर्न सडक विभागलाई लेखिपठाउने निर्णय भएको छ। त्यसैगरी अत्यावश्यक सेवा राजमार्गमा रोकिएका मालवाहक र यात्रुवाहक सवारीसाधन तथा छोटोदूरीमा सञ्चालन हुने सवारीसाधनहरुको हकमा स्थानीयस्तरको विपद् जोखिमको अवस्थालाई दृष्टिगत गरी अन्तर्जिल्ला समन्वयनमा आवागमन सुचारु गर्न स्थानीय प्रशासनलाई निर्देशन दिने निर्णय भएको छ। 

त्यसैगरी अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जोखिमयुक्त राजमार्ग र सडकमा रात्रिकालीन बस सेवा सञ्चालन नगर्न नगराउन स्थानीय प्रशासनलाई निर्देशन दिने समेत निर्णय भएको छ। 

यस्ता छन् थप निर्णय 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad