कारोबार


बाढीले दुई दिनमा १० करोडको क्षति भएको प्रारम्भिक अनुमान

बाढीले दुई दिनमा १० करोडको क्षति भएको प्रारम्भिक अनुमान

फाइल तस्बिर


नेपालखबर
असोज १९, २०८२ आइतबार १४:१५, चितवन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १७ र १८ गतेको अविरल वर्षापछिको बाढीबाट १० करोड रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ। 

मन्त्रालयका अनुसार नदी कटान, डुबान तथा बाढीले नदी नियन्त्रणतर्फ करिब १५ सय मिटर तटबन्ध कटान भई उक्त क्षति पु¥याएको हो। 

मन्त्रालयले क्षतिको प्रारम्भिक विवरण समेत सार्वजनिक गरेको छ।

यस्तो छ क्षतिको विवरण

  • कन्काई नदीले गौरीगञ्ज २ झापामा हुलाकी राजमार्गको तल्लो तटिय दायाँ किनारमा करिब २०० मीटर तटबन्धन कटान गरी होकलबारी गाउँको करिब ११४ घर बारी डुबान भएको र ५०० हेक्टर धान खेतमा क्षति साथै झापा गा पा २ को कुवाडीमा अनुमानित २०० मीटर तटबन्ध कटान गरी करिब २५ हेक्टरमा क्षति भएको । अनुमानित क्षतिको लागत रु ७५ लाख 
  • मेची नदीले ठाउँ ठाउँमा रहेको स्परहरुमा क्षति पुर्याएको ।अनुमानित क्षतिको लागत रु ५० लाख 
  • केशलिया नदीमा (बुढी खोला) आएको बाढीले बिराटनगर महा न पा ६ र १२ को बस्ती डुबान भई ७५ घर धुरी स्थानान्तरण भएको।
  • कमला नदीको पूर्वि किनार सिरहा १७ पटेरुवाको तटबन्धमा क्षति पुर्याएको ।अनुमानित क्षतिको लागत रु २५ लाख 
  • लालबकैया नदीको दायाँ किनार मौलापुर नपा १ मर्यादपुरमा करिब ६० मीटर तटबन्ध बगाई  करिब १०० हेक्टर धान खेत र बौदीमाई गाउँमा करिब १२० मीटर तटबन्ध बगाई २०० हेक्टर धान खेतमा क्षति भएको र अनुमानित २०० वटा घर गोठ डुबान भएको। अनुमानित क्षतिको लागत रु ६० लाख
  • महोत्तरीको रातो नदीले बलवा न पा २, १० र ११ को  बन्चौरी, लेउरी, भल्नी तथा भगवतीपुर गरी ३९० मीटर तटबन्ध बगाएको साथै लोहर पट्टी नपा ६ लोहारपट्टीमका ४०० मीटर, महोतरी गापा ६ रतबारा मा २० मीटर,  जलेश्वर नपा १, ४ र ७ को बखरी र खैरामा गरी ८० मीटर तटबन्ध बगाई क्षति भएको । रातो नदीले जम्मा ८९० मीटर तटबन्ध कटान भएको र साथै  सदरमुकाम जलेश्वर समेत बाढ़ीको जोखिममा रहेको । अनुमानित क्षतिको लागत ८ करोड रुपैयाँ ।

ख) सिँचाइतर्फ

  • सिँचाइ प्रणालीहरुको बाँध क्षेत्रमा नदीहरुमा आएको बाढीलाई सुरक्षित तवरले नदीमा फर्काउन हेड रेगुलेटर, Undersluice,  मूल नहर र शाखा नहरहरुका गेटहरुलाई समयमा नै गेट अपरेसन गरेको हुँदा सिँचाइ प्रणालीहरुमा उल्लेख्य क्षति नभएको।
  • झाँज सिँचाइ प्रणालीको ब्यारेज भन्दा २०० मिटर माथिल्लो तटीय क्षेत्रको दायाँ गाइड बन्डबाट ओभरफ्लो भई मोहमदपुर गाउँ डुबान भएको।
  • सुनसरी मोरङ्ग, बाग्मती र नारायणी सिंचाइ आयोजनाहरुको सिञ्चित क्षेत्रभित्र रहेका खोला खोल्साहरुले खेतीयोग्य जमिनमा कटान गरेको प्रारम्भिक आकलन रहेको ।
  • सुनकोशी नदीमा आएको बाढीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देशिय आयोजना अन्तर्गतको निर्माणाधिन बाँध स्थल डुबान भएको । कफर ड्याम लगायत निर्माणाधिन संरचनाहरुको अवस्था एकिन हुन नसकेको ।

ग) पहिरोतर्फ

  • १.    इलाम, पाँचधर, ताप्लेजुङ्ग लगायत कोशी र बागमती प्रदेशका पहाडी जिल्लाहरुमा पहिरोका घटनाहरु भएको र सोको विवरण प्राप्त हुन बाँकी । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad