कारोबार


आज कुन विदेशी मुद्राको विनिमयदर कति?

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपालखबर
असोज १२, २०८२ आइतबार ५:२६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। शनिबार निधारित विनिमयदरमै आज पनि विदेशी मुद्राहरुको काराोबार हुनेछ। 

आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो। 

यही असोज ८ गते अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक महँगो हो।

त्यसैगरि आज युरो एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९६ पैसा छ।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा छ। 

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८२ पैसा छ। 

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६३ रुपैयाँ २७ र बिक्रीदर ४६५ रुपैयाँ २४ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६३ रुपैयाँ ५१ र बिक्रीदर ४६५ रुपैयाँ ४७ पैसा थियो। 

आज बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३१ पैसा छ। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेका सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad