कारोबार


काठमाडौँ महानगरभित्र एक हजार ६० स्मार्ट बोर्ड जडान हुने

काठमाडौँ महानगरभित्र एक हजार ६० स्मार्ट बोर्ड जडान हुने

नेपालखबर
असोज ८, २०८२ बुधबार २१:१४, काठमाडौँ

काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा एक हजार ६० स्मार्टबोर्ड जडान हुने भएको छ।

महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले आज सामाजिक सञ्जालमार्फत महानगरभित्रका ८७ सामुदायिक विद्यालयमा तिहारअघि एक हजार ६० स्मार्टबोर्ड जडान गर्नेगरी महानगरले काम गरिरहेको जानकारी दिए।

नगरप्रमुख शाहले हालसम्म ४९० स्मार्टबोर्ड जडान भइसकेको र बाँकी ५७० बोर्ड जडानका लागि बजेट निकासा भइसकेकाले तिहारअघि नै उक्त बोर्ड पनि जडान भइसक्ने बताए।

उक्त स्मार्टबोर्ड जडान भएसँगै काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ५३ हजार विद्यार्थी लाभान्वित हुने महानगरले जनाएको छ। नगरप्रमुख शाहले महानगरको पहिलो प्राथमिकता विद्यार्थी भएको बताए।

‘विद्यार्थीमा गर्ने लगानीले मात्र उनीहरूलाई आफ्नो विद्यालय, समाज र देशप्रति गौरव गर्नसक्ने आधार तयार हुन्छ भन्ने कुरामा हामी स्पष्ट छौँ, यस अभियानमा सबैको अपनत्व र सहभागिता आवश्यक छ’, नगरप्रमुख शाहले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad