कारोबार


ध्वस्त सीजी डिजिटल पार्क अवलोकन गर्दै अर्थमन्त्रीले भने: सरकार निजी क्षेत्रलाई सहयोग गर्न तयार छ

ध्वस्त सीजी डिजिटल पार्क अवलोकन गर्दै अर्थमन्त्रीले भने:  सरकार निजी क्षेत्रलाई सहयोग गर्न तयार छ

शनिबार सतुंगलस्थित चौधरी ग्रुपको सीजी डिजिटल पार्क अवलोकनका क्रममा अर्थमन्त्री रामेश्वर खनाल


नेपालखबर
असोज ४, २०८२ शनिबार १४:१६, काठमाडौँ

अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त सतुंगलस्थित चौधरी ग्रुपको सीजी डिजिटल पार्क अवलोकन गरेका छन्।

आन्दोलनकारीले गरेको आगजनीका कारण खरानीमा परिणत भएको यो संरचना चौधरी ग्रुपको प्रमुख औद्योगिक एकाइमध्ये एक हो।

मन्त्री खनालले शनिबार क्षतिग्रस्त संरचना अवलोकन गर्दै आन्दोलनका कारण अर्बौँ रुपैयाँ बराबरको क्षति बेहोरेको निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

शनिबार सतुंगलस्थित चौधरी ग्रुपको सीजी डिजिटल पार्क अवलोकनका क्रममा अर्थमन्त्री रामेश्वर खनाल

‘हालैको विनाशबाट माथि उठ्दै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता हो,’ उनले भने, ‘निजी क्षेत्रको सक्रियता र लगानीविना यो सम्भव छैन। सरकार निजी क्षेत्रलाई सहयोग र सहजीकरण गर्न तयार छ।’

जेन-जेड आन्दोलनका क्रममा चौधरी ग्रुपका व्यावसायिक प्रतिष्ठान, उद्योग र निजी निवासहरूमा व्यापक तोडफोड तथा आगजनी भएको थियो।

शनिबार सतुंगलस्थित चौधरी ग्रुपको सीजी डिजिटल पार्क अवलोकनका क्रममा अर्थमन्त्री रामेश्वर खनाल

तीमध्ये सीजी डिजिटल पार्क सर्वाधिक प्रभावित स्थल हो।

सतुंगलस्थित यो पार्कबाट सीजी ब्रान्डका विद्युतीय सामग्री एसेम्बल गरी बजारमा पठाइने गरिएको थियो।

साथै, एलजीसहितका अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय उपकरणहरू पनि यही पार्कमा एसेम्बल हुने गरेका थिए।

आगजनीका कारण सम्पूर्ण संरचना ध्वस्त भएता पनि सीजी र एलजीका विद्युतीय सामग्री आपूर्ति शृंखलामा अवरुद्ध हुन नदिने चौधरी ग्रुपले जनाएको छ।

मन्त्री खनालको भ्रमणलाई निजी क्षेत्रको मनोबल उच्च राख्ने प्रयासका रूपमा लिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad