कारोबार


अमेरिकी डलरको मूल्यमा ‘रेकर्ड ब्रेक’

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ पनि उच्च
अमेरिकी डलरको मूल्यमा ‘रेकर्ड ब्रेक’

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार ५:१९, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो भएको छ। त्यसैगरि आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य पनि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक महँगो हो। 

हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा थियो। 

यही भदौ २२ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा पुगेको थियो। त्यसयता घटेको अमेरिकी डलरको मूल्य आज फेरि उच्च भएको हो। 

त्यसैगरि आज युरो एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा छ। हिजो युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १९० रुपैयाँ ७८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५९ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ २२ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३० पैसा र बिक्रीदर ९३ रुपैयाँ ६९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३१ पैसा थियो। 

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६२ रुपैयाँ १७ र बिक्रीदर ४६४ रुपैयाँ १३ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ४६ र बिक्रीदर ४६२ रुपैयाँ ४२ पैसा थियो। 

आज बहराइन दिनार एकको खरिददर ३७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ १६ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ १० पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६९ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेका सबै मुद्राको विनिमय दर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad