कारोबार


बिमा प्राधिकरण अध्यक्षबाट बर्खास्त ओझाको पक्षमा सर्वोच्चको अल्पकालीन आदेश

बिमा प्राधिकरण अध्यक्षबाट बर्खास्त ओझाको पक्षमा सर्वोच्चको अल्पकालीन आदेश

नेपालखबर
भदौ २३, २०८२ सोमबार २०:१३, काठमाडौँ

बीमा प्राधिकरणको अध्यक्षबाट बर्खास्त शरद ओझाको पक्षमा सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ।

सोमबार न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले ओझालाई बर्खास्ती गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै अन्तरिम आदेश जारी हुने कि नहुने भनेर छलफल गर्न दुवै पक्षलाई बोलाएको हो।

गत भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमता अभाव र पदीय जिम्मेवारी पालना नगरेको आधारमा बर्खास्त गरेको थियो। त्यसअघि उनीमाथि छानबिन गर्न असार ३० गते मन्त्रिपरिषद्ले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा छानबिन समिति बनाएको थियो। त्यही दिनबाट उनी पदबाट निलम्बित भएका थिए।

गत फागुन १२ गते मन्त्रिपरिषद बैठकले कञ्चनपुर घर भएका ओझालाई अध्यक्षमा नियुक्त गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad