कारोबार


पाँचतारे होटल हायात असारसम्म बन्द गर्ने निर्णय

पाँचतारे होटल हायात असारसम्म बन्द गर्ने निर्णय

नेपालखबर
बैशाख ७, २०७७ आइतबार १०:४२,

पाँचतारे होटल हायात रिजेन्सी असार १६ गतेसम्म बन्द हुने भएको छ। होटल व्यवस्थापनले सूचना जारी गर्दै कोरोनाको संक्रमणले गर्दा पर्यटकहरुको आवागमन नै नभएको कारण असारसम्म बन्द गर्ने निर्णय गरेको जनाएको हो।

होटलबाट हुने अन्य व्यवस्थापकीय कार्य पनि असार १६ गतेसम्म बन्द गरिएको जानकारी दिएको छ।

एकातिर पर्यटकको आवागमन नहुन अर्को तिर कर्मचारीहरुलाई समेत जोखिम हुने भएकोले चैत ९ गतेबाट बन्द भएको होटल असार १६ गतेसम्म बन्द गर्ने निर्णय भएको होटलका महाप्रबन्धक राजेश रामदासले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .