दशैँ नजिकिएसँगै बजारलक्षित अनुगमन पनि बढेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई तीव्रता दिएको हो।
गएको तीन दिनमा मात्रै विभागले ७६ वटा संस्थामा अनुगमन गरेको हो। अन्य समयमा दैनिक ५ देखि १० वटा संस्थामा मात्रै अनुगमन गर्दै आएको विभागले दशैँलाई लक्षित गर्दै अनुगमन बढाएको छ।
यसअघि एजुकेसन कन्सल्टेन्सीहरुलाई लक्षित गर्दै अनुगमन बढाएको विभाग पछिल्लो २ हप्तायता सुस्त थियो। अहिले पुनः दशैँलक्षित बजार अनुगमनलाई बढाउँदै लगेको हो।
विभागका अनुसार ७६ वटा स्थानमा गरेको अनुमनबाट करिब २० वटा संस्थाहरुलाई मात्रै ८ लाख १२ हजार रुपैयाँ जरिवाना गराएको हो।
42
Shares

प्रतिक्रिया