कारोबार


नाफा बढे पनि वाणिज्य बैंकहरुको सेयरमा देखिएन चमक, १५ वटाको घट्यो मूल्य

नाफा बढे पनि वाणिज्य बैंकहरुको सेयरमा देखिएन चमक, १५ वटाको घट्यो मूल्य

नेपालखबर
भदौ १, २०८२ आइतबार १५:३६, काठमाडौँ

नाफा बढाएको वित्तीय विवरण प्रस्तुत गरे पनि वाणिज्य बैंकहरुको सेयरमा पनि आकर्षण देखिन सकेन। 

आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरणमार्फत वाणिज्य बैंकहरुले अधिकतम ४५ हजार प्रतिशतले नाफा बढाएर देखाएका थिए।

बजार नेतृत्व गर्न सक्ने बैंकिङ क्षेत्रले नाफा र लाभांश क्षमता बढेको विवरण प्रस्तुत गरे पनि त्यसको असर सेयरबजारमा नदेखिएको हो। 

आइतबार नेप्से सूचक २७.१४ अंकले घटेर २७६१.२२ प्रतिशतमा बन्द भएको छ। नेप्से सूचकसँगै यो दिन बैंकिङ क्षेत्रको उपसूचक १.०३ प्रतिशतले घट्न पुग्यो। नाफा बढेसँगै बैंकहरुले लाभांश अघिल्लो आवको तुलनामा धेरै दिने तथ्यांक आएपछि त्यसको सकारात्मक प्रभाव सेयरबजारमा देखिने अपेक्षा थियो।

यद्यपि अपेक्षाविपरीत विवरण प्रकाशनपछिको पहिलो कारोबार दिन नै वाणिज्य बैंकहरुको मूल्य धमाधम घट्न पुगे। यो दिन १९ वटा वाणिज्य बैंकमध्ये १५ वटाको मूल्य घटेको हो। बाँकी ४ वटाको सामान्यले मात्रै बढेको देखिन्छ।

समग्रमा भने बजारले २७ अंकको ओरालो यात्रा गर्दा लगानीकर्ताले कारोबार भने ७ अर्ब ७३ करोडको मात्रै गरेका छन्। बढ्ने अपेक्षाका बीच घटेको बजारमा ५८ कम्पनीको सेयरमूल्य सामान्यले बढेको छ भने बाँकी रहेको १९१ कम्पनीको मूल्य उसैगरी घटेका छन्। 

आज बढ्नेमा आरबीबी म्युचुअल फण्ड १ र अपर स्यांगे हाइड्रोपावर क्रमशः ७.९३ प्रतिशत र ६.२९ प्रतिशतले मूल्य बढेको हो। यता घट्नेमा भने सम्पदा लघुवित्त र ट्रेड टावरअगाडि छ। यो दुवै कम्पनी क्रमशः ७.०६ प्रतिशत र ५.८८ प्रतिशतले मूल्य घटेको हो।

यस्तै लगानीकर्ताले यो दिन नेपाल पुनरबीमा कम्पनीको सर्वाधिक कारोबार गरेका छन्। लगानीकर्ताले आज यो कम्पनीको ५१ करोडको सेयर कारोबार गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad