कारोबार


कुन विदेशी मुद्राको विनिमयदर आज कति? हेर्नुहोस् सूची

कुन विदेशी मुद्राको विनिमयदर आज कति? हेर्नुहोस् सूची

नेपालखबर
भदौ १, २०८२ आइतबार ५:६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ। 

शनिबार अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर थियो भने अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती दिनार लगायत कतिपय मुद्राको मूल्य घटेको थियो। 

आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही थियो। 

यही साउन २१ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै उच्च हो।

त्यसैगरि आज युरो एकको खरिददर १६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा छ। 

त्यस्तै आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९० रुपैयाँ ३८ पैसा छ। 

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४४ पैसा छ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ५९ र बिक्रीदर ४५९ रुपैयाँ ५६ पैसा छ। 

आज बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३६ पैसा छ। हिजो र अस्ती पनि बहराइन दिनारको विनिमयदर यही थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad