नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको अहिलेको नेतृत्व बदल्ने आवश्यता अहिले कसैले महसुस नगरेको बताएका छन्।
‘हामीले महसुस गर्नुपर्यो नि एमालेको नेतृत्व बदल्न आवश्यक छ कि छैन भन्ने,’ उनले भने, ‘एमालेमा त्यो अहिले महसुस छैन। हामीले यसमा मोही माग्ने, ढुंग्रो लुकाउने केही गर्न आवश्यक छैन।’
रिजालले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष बनाउनका लागि नै विधान संशोधन गरिएको समेत बताए। ‘हाम्रो अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष बनाउनका लागि हामीले विधान संशोधन गरेको हो,’ उनले भने।
रिजालले दुई कार्यकालको व्यवस्था १० औं महाधिवेशनबाटै हटाइएको समेत बताए। ‘दुई कार्याकालको कुरा त हामीले १० औं महाधिवेशनमै हटाइसकेका थियौँ,’ उनको भनाइ छ, ‘हामीले ९ औं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकमा त्यो प्रस्ताव ल्याएर हटाएका थियौँ।’
Shares

प्रतिक्रिया