कारोबार


नाइमामा कुन ब्रान्डको कति बुकिङ?

नाइमामा कुन ब्रान्डको कति बुकिङ?

निर्दोष घोरसाइने
साउन २६, २०८२ सोमबार २१:४०, काठमाडौँ

सोमबार समापन भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा करिब २ हजार ५०० सवारी साधन बुक भएको आयोजकले जानकारी दिएका छन्।

बुधबारदेखि सुरु भएको एक्स्पोमा ५० ब्रान्डका ३५ नयाँ मोडल सार्वजनिक भएका थिए। 

एक्स्पोमा सहभागी ब्रान्ड मध्ये सबैभन्दा धेरै गाडी बीवाईडीको बुक भएको आधिकारिक बिक्रेता साइमेक्स इंकको दाबी छ। बीवाईडीको करिब ७०० ईभी भएको भएको छ। त्यसमा अधिकतम हिस्सा नाइमा सार्वजनिक भएको अट्टो १ रहेको कम्पनीले जनाएको छ। 

नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जीले नाइमा १५० स्कुटर बुक गर्ने लक्ष्य लिएको थियो। एक्स्पोको पाँचौ दिनसम्म १२५ बुकिङ प्राप्त भएको र अन्तिम दिन उक्त लक्ष्य हासिल गरेको इनर्जीका प्रतिनिधिले जानकारी दिए। 

नेपालमा एमजी मोटर्सको अधिकृत बिक्रेता पारामाउन्ड मोटर्सले सवारी बुकिङको एकिन तथ्यांक भने उपलब्ध गराएको छैन। तर कम्पनीका प्रतिनिधिका अनुसार एक्स्पोमा ५०० भन्दा बढीले एमजीको गाडी लिने योजना सहित स्टल भ्रमण गरेको जानकारी दिएको छ। त्यसमा १५ देखि २० प्रतिशत बुकिङ प्राप्त भएको एमजीका ती अधिकारीको भनाइ छ। 

नेक्सन भेन्चर एलएल अटोको आधिकारिक बिक्रेताकाले नाइमा ४० यूनिट गाडी बुक भएको जानकारी दिएको छ। जसमा ३५ वटा लिभ ०१ र बाँकी पाँच अटो नाडा अटो शोमा सार्वजनिक गरिने लिभ ०५ र एक्स मोडल हो। 

चिनियाँ ब्रान्डको भीडमा भारतीय कम्पनी महिन्द्रा एण्ड महिन्द्राले पनि नाइमा अवलोकनकर्ता र उपभोक्ताको ध्यान खिच्न सफल भएको छ। एक्स्पोमा महिन्द्राका दुई नयाँ मोडल बीई ६ र एक्सईभी ९ई सार्वजनिक गरिएको थियो। यी दुई मोडलले करिब सयको हाराहारिमा बुकिङ प्राप्त गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ। 

आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नाइमा नयाँ गाडी सार्वजनिक गरेको छैन। हुन्डाई नेपाली उपभोक्ताले रुचाएको ब्रान्डमध्ये एक भएकाले गाडी किन्न तथा बुझ्न आउनेको रोजाइमा परेको लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर दीपक थपलियाले बताए। हुन्डाईको गाडी बारेमा करिब हजार १२ सयले जानकारी लिँदा उत्साजनक बुकिङ भएको उनको भनाइ छ। 

नेपालका लागि ओमोडा र जेइको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले एक्स्पोमा ३०० भन्दा बढी बुकिङ प्राप्त गरेको जनाएको छ। नाइमामा कम्पनीले प्रिमियर एसयूभी जेइको जे–५ सार्वजनिक गरेको छ। नयाँ मोडल प्रति उपभोक्ताको बढी झुकाव देखिएको कम्पनीले जनाएको छ। 

नेपालका लागि रोयल एनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले बुकिङको यकिन तथ्यांक भने जानकारी दिएको छैन। तर पनि कम्पनीले बाइल लिने मनसाय सहित दुई हजारभन्दा बढीले नाम टिपाएको जानकारी दिएको छ। 

जिकर १६, किया १५, टोयाटा २६, इलेक्ट्रिक दुई पांग्रे याडिया ५० र ईभी बजाज चेतकले ८० भन्दा बढी बुकिङ लिन सफल भएको कम्पनीले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad