कारोबार


सकियो नाइमा नेपाल मोबिलिटी एक्स्पो: १ लाखले अवलोकन गरे, २५ सय गाडी बुकिङ

सकियो नाइमा नेपाल मोबिलिटी एक्स्पो: १ लाखले अवलोकन गरे, २५ सय गाडी बुकिङ

नेपालखबर
साउन २६, २०८२ सोमबार १८:५०, काठमाडौँ

यही साउन २१ गतेदेखि नेपाल अटो इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सम्पन्न भएको छ। 

नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले पहिलोपटक काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको एक्स्पो भव्यरुपमा सम्पन्न भएको जानकारी दिइन्। 

गत बुधबारदेखि सुरु भएको शो अवलोकनकर्ताको भीड बढेसँगै १ दिन थपेर सोमबार समापन गरिएको हो। 

उनका अनुसार पहिलो मोबिलिटी एक्स्पोमा १ लाख अवलोकनकर्ता आएका थिए।

एक्स्पो अवधिभर २ हजार ५ सयभन्दा बढी गाडी बुकिङ भएको उनले जानकारी दिइन्। 

वैद्यले भनिन्, ‘यसपटकको पहिलो एक्स्पो भव्य रुपमा सम्पन्न भयो। एक्स्पोमा १ लाखले अवलोकनकर्ता आउनुभयो। सो क्रममा करिब २५ सय गाडी बुकिङ भएको छ।’

पहिलोपटक आयोजित एक्स्पो गाडी बेच्न मात्र नभई उपभोक्तासँग अन्तक्र्रिया भएको बताउँदै उनले अर्को वर्ष आयोजना हुने दोस्रो संस्करणको एक्स्पो अझै भव्य हुने उल्लेख गरिन्।

साउन २१ देखि २६ गतेसम्म भृकुटीमण्डपमा भएको एक्स्पोमा बीवाईडी, सिट्रोन, फोरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, हुन्डाई, काई, किया, लिप मोटर्स, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुवी, निसान, ओमडा र जेको, प्युज्योट, प्रोटन, रेनल्ट, टोयटा, फक्सवागन र जिकर सहभागी भएका थिए। 

दुईपांग्रेमा एम्पेयर, एथर, बजाज, बेनली, सिएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयु, रिभोल्ट, रोयल इन्फिल्ड, सेगवे नाइनबोल्ट, सुजुकी, ट्राइम्प, टिभिएस, अल्ट्रा भाइलट, याडिया र जिहोले सहभागिता जनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad