वरुण हाइड्रोपावरले हकप्रदका लागि खरिद आवेदन मिति सारेको छ।
कम्पनीले १ कित्ताबराबर १ कित्ता सेयर पाउने गरी निष्काशनमा ल्याएको ५३ लाख ५८ हजार १५० कित्ता सेयरमा पर्याप्त आवेदन नपरेको हो।
सेयरधनीले माग गरेअनुसारको आवेदन नदिएपछि कम्पनीले निष्कासन बन्द हुने मिति सारेको छ।
कम्पनीले असार ३१ गतेदेखि साउन १९ गतेसम्म आवेदन खुलाएको थियो।
आवेदन अपुग भएपछि कम्पनीले असोज ३ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था गरेको हो।
54
Shares

प्रतिक्रिया