नेपाल भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष रवि रायाबरमले नेपाल पर्यटनको प्रचुर सम्भावनायुक्त देश भएको बताएका छन्। नेपाल खबर नेपाल राइजिङ समिट २०२५ लाई सम्बोधन गर्दै उनले नेपालमा लगानीको विविधीकरण बढ्नेक्रममा रहेको पनि बताए।
'मुख्य उत्पादन युनिटका रुपमा हामी आएका थियौँ। विगत ३ वर्षदेखि उत्पादानलाई विविधीकरण गरिरहेका छौँ। हामी उत्पादनमा विश्वास गर्छौँ। बिस्कुट, अगरपत्ति पनि उत्पादन गरिरहेका छौँ। कुल कारोबारको २५ प्रतिशत यी उत्पादनबाट गरिरहेका छौँ,' उनले भने, 'नेपाल पर्यटनको प्रचुर सम्भावनायुक्त देश हो। आगामी २५ वर्षमा लगानी विविधीकरण अझै बढ्नेछ।'
सूचना प्रविधिमा नेपालले धेरै इन्जिनिरय निर्यात गरिरहेको उनको भनाइ छ। 'नेपालले आईटीमा धेरै सम्भावना देखिएको छ। प्रकृतिले समृद्ध भएकाले औषधिको क्षेत्रमा पनि सम्भावना छ' उनले भने।
उनले नेपालमा काम गरिरहँदा कुनै विभेद भोग्नु नपरको पनि बताए। 'यहाँ एउटा ठूलो समस्या भनेको बौद्धिक छ। यहाँका धेरै ब्रान्डहरु असाध्यै जनप्रिय छन्। बौद्धिक सम्पत्ति सुरक्षित छ भन्ने भयो भने धेरै ठूला ब्रान्डहरु नेपालमा आउँछन्। यसलाई सम्बोधन गर्नुपर्छ,' उनले भने, 'हामीले यहाँ कुनै विभेद खेपेका छैनौँ। हामी स्वस्थ प्रतिस्पर्धा गरिरहेका छौँ नेपाली कम्पनीहरुसँग। यी कम्पनीहरु उपभोक्तासाग जोडिएका छन्। उपभोक्ताको रुचिअनुसार व्यवसाय गरिरहेका छन्। नेपालले विश्वले उपभोग गर्न सक्ने उत्पादन विश्वबजारमा पठाउन सकेको छैन।'
Shares

प्रतिक्रिया