पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका क्रममा नै छ। सडक विस्तारपछि यातायात सहज बने पनि दुर्घटना भने बढ्दै गएको छ। सडक दुर्घटनामा परी एक वर्षमा ६२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।
आर्थिक वर्ष २०८१/८२ मा ९० साना तथा ठूला सवारी साधन दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख कृष्णबहादुर चन्दले जानकारी दिए। पुरुष ३५, महिला २२, बालक दुई र बालिका तीन गरी ६२ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। सवारी दुर्घटनामा परी ७६ जना गम्भीर घाइते भएका छन्भने ४३ जना सामान्य घाइते भएका चन्दले बताए।
आर्थिक वर्ष २०८०÷८१ मा सवारी दुर्घटनामा परी ३९ जनाको मृत्यु भएको छ। सवारी दुर्घटनामा ५० जना गम्भीर घाइते र ५१ जना सामान्य घाइते भएका थिए। यस आवमा ५० सवारी साधन दुर्घटना भएका थिए। आर्थिक वर्ष २०७९÷८० मा ५२ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ। सवारी साधन दुर्घटनामा परी ४९ जना गम्भिर घाइते र १४ जना सामान्य घाइते भएका थिए।
उनले भने, ‘करिब ७२ किलोमिटर दुरीको मुग्लिन–पोखरा सडक खण्डमा अधिक स्थानमा सडक विस्तारपछि सहज बनेको छ, तर घुम्ती पनि उस्तै छन्, ती घुम्ती आउने समय नयाँ यात्रु जानकार हुँदैनन्, त्यसले गर्दा दुर्घटना दर बढ्न सक्ने अनुमान गरेका छौँ।’
Shares

प्रतिक्रिया