कारोबार


नेपालको ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी गर्न अदानी समूहलाई निक्कीको आग्रह

नेपालको ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी गर्न अदानी समूहलाई निक्कीको आग्रह

नेपालखबर
साउन ७, २०८२ बुधबार ११:३०, काठमाडौँ

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले भारतको अदानी समूहका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख शिशिर प्रियदर्शीलाई नेपालको ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानीका सम्भावनाहरू खोज्न आग्रह गरेको छ।

प्रियदर्शी दुई दिने भ्रमणमा काठमाडौं आएका थिए।

संघले प्रियदर्शी र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काबीच भेटघाटको व्यवस्था मिलाएको थियो। मन्त्री खड्काले पनि भारतको प्रमुख औद्योगिक समूहमध्ये एक रहेको अदानी समूहलाई नेपालको जलविद्युत् तथा पूर्वाधार परियोजनामा लगानी गर्न आग्रह गरे।

उनले नेपालका यी क्षेत्रहरूमा रहेको अपार सम्भावनालाई जोड दिँदै लगानीका लागि अनुरोध गरे।

भेटघाटको क्रममा प्रियदर्शीले ऊर्जामन्त्री खड्का तथा नेपालका निजी क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा भारतको निजी क्षेत्रका अन्य प्रतिनिधिहरुलाई पनि नेपालको जलविद्युत् तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न सक्रियतापूर्वक आमन्त्रण गरी अग्रसर हुनुपर्ने सुझाव दिए।

उनले यस्ता साझेदारीहरूले नेपालको ऊर्जा सम्भावनाको भरपूर उपयोग गर्न सहयोग गर्ने उल्लेख गरे।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad