सेयरबजारमा फेरि ८०.९७ अंकको उछाल आएको छ। २.७९ प्रतिशतले बढेसँगै नेप्से २९७३.७० विन्दुमा चढेको हो।
यस दिन ४ करोड ३५ लाख कित्ता बिक्री भएको छ। उक्त बिक्रीपछि २० अर्बको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले उल्लेख गरेको छ।
मंगलबार २३६ वटा सेयर बढ्दा १४ वटाको मूल्य घटेको छ। आज ट्रेड टावर लिमिटेड, शिवम् सिमेन्ट, सान्भी इनर्जी, उन्नति सहकार्य लघुवित्त र विन्ध्यवासिनी हाइड्रोपावरको सेयर क्रमशः १०, ९.९९, ९.९९, ९.९० र ९.७६ प्रतिशतले बढेको हो।
यी कम्पनीका लगानीकर्ताले प्रतिकित्ता क्रमशः ४८.७०, ५६.८६, ४३.४०, २२४.७६ र ५५.४२ रुपैयाँ आम्दानी गरेका छन्।
आज लगानीकर्ताले अधिकतम ३.९४ प्रतिशतसम्म मात्र गुमाएका छन्। एलबीबीएल डिबेन्चर, एनआईबीएल ग्रोथ फन्ड, बोटलर्स नेपाल बालाजु, ग्रिन डेभलपमेन्ट बैंक र पञ्चकन्या माई हाइड्रोपावरलगायतको सेयर मूल्य घटेको हो।
सर्वाधिक कारोबारमा नेपाल पुनर्बीमा कम्पनी अगाडि छ। कम्पनीको ७१ करोडको कारोबार हुँदा शिवम् सिमेन्टको ६८ करोड, हिमालयन रिइन्स्योरेन्सको ५६ करोड, बुटवल पावर कम्पनीको ५१ करोड र ङादी ग्रुप पावरको ४६ करोडको कारोबार भएको छ।
आज जीवन बीमा, उत्पादन र माइक्रोफाइनान्सका सूचकहरु ४ प्रतिशतले बढ्दा अन्य, लगानी र होटल ३ प्रतिशत तथा वाणिज्य बैंक, विकास बैंक र निर्जीवन बीमा २ प्रतिशतले बढेका छन्।
सूचक र कारोबार निरन्तर बढ्नथालेसँगै सेयरबजार पुँजीकरण ४९ खर्ब नाघेको छ।
Shares

प्रतिक्रिया