कारोबार


नाइमा अटो शो २०२५ मा डेब्यु गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे-५’ एसयूभी

नाइमा अटो शो २०२५ मा डेब्यु गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे-५’ एसयूभी

नेपालखबर
साउन ५, २०८२ सोमबार २२:२, काठमाडौँ

एसपीजी अटोमोबाइल्स प्रा.लि. ले नाइमा नेपाल मोबिलिटि एक्सपो २०२५ मा पूर्ण विद्युतीय प्रिमियम एसयूभी ‘जेइको जे-५ सार्वजनिक गर्ने तयारी गरेको छ।

कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा इ-५ र जेइको जे-६ इभि लाइनअपसँगै नयाँ जेइको जे-५ ले, बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिका विशेषताहरूसहित, नेपाली विद्युतीय सवारी साधनको बजारमा नयाँ अध्याय सुरू गर्ने लक्ष्य लिएको छ।

एडभेन्चरस यात्राका लागि बनाइएको जेइको जे-५ एसयूभी, आरामदायी विशेषताहरूसँगै अल-रोड-रेडि देखिने रगेड बनावट तथा डिजाइनको संयोजन हो। जे-५ को सार्प-एन्गुलर डिजाइन विशेषताहरू ‘रेन्ज रोभर’को डिजाइन विशेषताहरूसँग तुलनायोग्य रहेको छ।

यसका साथै लेभल २ एडास (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम), श्रेणीमा उत्कृष्ट इन्टिग्रेटेड प्यानोरोमिक सनरुफ, ५४०-डिग्री सराउन्ड भ्यु क्यामरा, र इन्डिपेन्डेन्ट सस्पेन्सनजस्ता उच्च गुणस्तरका सुविधाहरू समावेश रहेका छन्। जसले यसलाई सहरी यात्रा तथा हल्का अफ-रोड यात्रा दुवैका लागि एकदमै उपयुक्त बनाउँछ।

जे-५ को भित्री भाग फराकिलो र प्रविधि तथा सुविधाहरूले सुसज्जित रहेको छ। यसमा कनेक्टेड कार टेक्नोलोजिसहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्सट्रुमन्ट क्लस्टर, १३२० मिलिमिटर चौडाइ भएको फराकिलो र आरामदायी सेकेन्ड-रो सिट, २५६-कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रन्क स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्टहरू समावेश रहेका छन्।

जेइको जे-फाइभको लम्बाई ४३८० मिलिमिटर, चौडाई १८६० मिलिमिटर र उचाई १६५० मिलिमिटरको छ भने यसमा १८-इन्चको अग्लो एलोय ह्विल्स रहेको छ। १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाटआवरको ब्याट्रि प्याकबाट सञ्चालित यो एसयूभीले एकै चार्जमा ४०२ किलोमिटरको डब्लुएलटिपि सर्टिफाइड रेन्ज प्रदान गर्दछ।

जेइको जे-५ ले चालक-यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दछ। जेइको जे-५ मा लेभल २ एडासको विशेषताहरू समावेश रहेको छ जस अन्तर्गत ‘फरवार्ड कोलिजन वार्निङ (एफसिडब्लु), ब्लाइन्ड स्पट मनिटरिङ (बिएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल, इमर्जेन्सि ब्रेकिङ’, र १९ वटा थप इन्टेलिजेन्ट सुरक्षा विशेषताहरू रहेका छन्।

नाइमा २०२५ मा ‘जेइको जे-५’ सार्वजनिक गर्दै जेइकोले नेपालको इभि बजारमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउने लक्ष्य लिएको छ। पर्फमेन्स, प्रविधि, र लक्जरीको साथ आउटडोर एडभेन्चरको लागि सुहाउँदो रगेड डिजाइनसहित, जेइको जे-५ ले, नेपाली ग्राहकहरूका लागि एक उत्कृष्ट आधुनिक इलेक्ट्रिक एसयुभिको रूपमा आफ्नो परिचय स्थापित गर्नेछ।

एसपिजि अटोमोबाइल्स प्रा.लि.को बारेमा : एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड नेपालमा ओमोडा एन्ड जेइकोको लागि आधिकारिक वितरक हो जसले नेपाली ग्राहकहरूका लागि ब्रान्डका सवारीसाधनहरूको बिक्री वितरण तथा उत्कृष्ट आफ्टर-सेल्स सर्भिस प्रदान गर्दछ। थप जानकारीका लागि एसपीजी अटोमोबाइल्सलाई सम्पर्क गर्न वा कम्पनीको वेबसाइटमा हेर्न सकिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad