प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको राजस्व अनुसन्धान विभागको भीसीटीएस प्रणालीमा समस्या देखिएको छ।
विभागका अनुसार यसको मर्मतसम्भारको कार्य भइरहे पनि आजका लागि विभागको सूचना प्रिन्ट गरी सामान ढुवानी गर्न आग्रह गरिएको छ।
विभागले एक स्थानबाट अर्को स्थानमा व्यावसायिक प्रयोजनको लागि मालसामान ओसारपसार गर्नुअघि ढुवानी गरिने मालसामानको विवरण भेहिकल एन्ड कन्साइनमेन्ट ट्राकिङ सिस्टममा प्रविष्टि गर्नुपर्ने व्यवस्था गरेको छ।
यो प्रणालीमा समस्या भएकाले आजका लागि उक्त सूचनालाई नै प्रिन्ट गरी ढुवानी गर्न अनुरोध गरिएको हो।

54
Shares

प्रतिक्रिया