अब नेपालीहरूले भारतबाहेकका अन्य देशहरूमा घुम्न जाँदा ३ हजार डलरसम्म खर्च गर्न पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले साउनबाट कार्यान्वयनमा ल्याएको मौद्रिक नीतिको व्यवस्था कार्यान्वयन गरेको हो।
योसँगै तेस्रो देश घुम्न जाने नेपालीले अब ३ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउनेछन्।
यसअघि भारतबाहेकका देशहरूमा घुम्न जाने नेपालीहरूले राहदानी सुविधाबापत पाउने सटही रकम २५ सय डलर थियो। अब ३ हजारसम्म डलर बोकेर नेपालीहरु घुम्न जान सक्नेछन्।
राष्ट्र बैंकले यसरी सटही सुधिा दिँदा राहदानीबापतको सटही सुविधा र औपचारिक भ्रमणबापतको सटही सुविधा डलर खातामा समेत उपलब्ध गराउने व्यवस्था गरेको छ।
186
Shares

प्रतिक्रिया