कारोबार


एयर इन्डियाको सेयर बेच्न भारत सरकार तयार

एयर इन्डियाको सेयर बेच्न भारत सरकार तयार

नेपालखबर
असार २२, २०७६ आइतबार १२:२,

ऋणमा रहेको भारतीय एयरलाइन्स कम्पनी एयर इन्डिया केन्द्रीय सरकारले एयरलाइन्स नचलाउने बताएको छ।

सरकारले एयरलाइन्स बिक्रीका लागि तयारी गर्न लागिएको जनाएको छ। सरकारको योजना अनुसार एयर इन्डियाको सतप्रतिशत हिस्सेदारी भारत सरकारले बेच्न सक्ने भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ। यसको बिक्रीका लागि सरकारले निर्णय गर्नु पर्ने हुन्छ।

लगानी तथा सार्वजनिक सम्पत्ति प्रवर्द्धन सचिव अतानु चक्रवर्तीका अनुसार सरकारले लगानीकर्ता भेटिएमा सतप्रतिशत स्वामित्व हस्तान्तरण गर्न सक्छ। सरकारले यसलाई सहजिकरण गर्ने उनले जानकारी दिए। नीति आयोगले केन्द्र सरकारलाई सतप्रतिशत नै सेयर बिक्री गर्न सुझाव दिएको उनले बताए। केन्द्र सरकार एयर इन्डियालाई निजीकरण गर्ने नगर्ने विषयमा अझै टुङ्गो पुग्न सकेको छैन।

चार सय ७० अर्ब भारतीय रुपैयाँको ऋणमा डुबेको एयर इन्डियाको अवस्था नाजुक भएपछि सरकारले सेयर बेच्ने निर्णय गरेको हाे। एयर इन्डियाका ५ वटा सब्सिडरी र एउटा ज्वाइन्ट भेन्चर गरी कुल २७ हजार कर्मचारी रहेका छन्। यी सबैको ब्यबस्थापन गर्नु सरकारका लागी चुनौतीपूर्ण रहेको छ।

एयर इन्डियाको हिस्सेदारी बिक्री गरेसँगै वित्तमन्त्री निर्मला शितारमणले एभियसन क्षेत्रमा वैदेशिक लगानीको सीमालाई समिक्षा गर्ने बताएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad