कारोबार


अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो, अमेरिकी डलर र दिनार महँगिए

अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो, अमेरिकी डलर र दिनार महँगिए

नेपालखबर
साउन १, २०८२ बिहिबार ५:१८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, कुबेती र बहराइन दिनरसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। हिजो यी मुद्राको मूल्य घटेको थियो। त्यसैगरि आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड लगायत कतिपय विदेशी मुद्रा भने सस्तिएका छन्। यी मुद्राको मूल्य हिजो बढेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ २१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८१ पैसा छ। 

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो एकको खरिददर १५९ रुपैयाँ ३१ र बिक्रीदर १६० रुपैयाँ छ। हिजो युरो एकको खरिददर १५९ रुपैयाँ ९१ र बिक्रीदर १६० रुपैयाँ ६१ पैसा थियो। 

त्यस्तै आज पाउन्ड एकको खरिददर १८३ रुपैयाँ ८६ र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८४ रुपैयाँ १९ र बिक्रीदर १८५ रुपैयाँ थियो। 

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९० रुपैयाँ २९ पैसा थियो। 

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४५० रुपैयाँ ७१ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ४० पैसा र बिक्रीदर ४५० रुपैयाँ ३६ पैसा थियो। 

आज बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ५४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९९ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad