संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनो नियमावली २०८२ जारी गरेको छ।
पर्यटन ऐन २०३५ अनुसार मंगलबार जारी गरिएको नियमावलीले प्रस्तावित क्यासिनोको चुक्तापुँजी, यसको अनुमति प्रक्रियालगायको व्यवस्था गरेको छ।
नियमावलीअनुसार अब क्यासिनो सञ्चालन गर्न चाहने व्यक्तिले ठूलो क्यासिनोको लागि कम्तीमा ३० करोड र सानो क्यासिनोको लागि कम्तीमा २० करोड रुपैयाँ चुक्ता पुँजी पु¥याएको हुनुपर्नेछ।
अहिले सञ्चालनमा रहेका क्यासिनोको समेत चुक्तापुँजी यस नियमावलीअनुसार नभए २०८५ चैतभित्र कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।
नियमावलीले चार तारा वा सोभन्दा माथिल्लो स्तरको होटल वा रिसोर्टले आफ्नो होटल वा रिसोर्ट परिसरमा क्यासिनो सञ्चालन गर्न दिएको लिखित सहमतिलगायतका आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने नियमावलीमा उल्लेख छ।
यस्तो छ नियमावली
Shares

प्रतिक्रिया