ad ad

कारोबार


कृषि उत्पादन सुरक्षित रुपमा बजारमा पुर्‍याउन समितिको निर्देशन

कृषि उत्पादन सुरक्षित रुपमा बजारमा पुर्‍याउन समितिको निर्देशन

नेपालखबर
चैत ३०, २०७६ आइतबार ६:२५,

संघीय प्रतिनिधि सभा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई कृषि उत्पादन उपभोक्तामा पुर्‍याउन निर्देशन दिएको छ।

समितिले सांसदहरुसँगको छलफलपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयहरुलाई निर्देशन दिएको हो।

विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा नफैलियोस् भनेर नेपाल सरकारले देशभर लागू गरेको बन्दाबन्दीको अवस्थामा नेपाली कृषकहरुको उत्पादन निर्बाध रुपमा उपभोक्तासमक्ष पुग्न समस्या भएको प्रति समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

दूध उत्पादक किसानले बजारको समस्याका कारण उत्पादित दूध नष्ट गर्नुपर्ने अवस्था भएको हुँदा सुरक्षित तरिकाले दूध संकलन एवं बिक्री गर्ने प्रबन्ध तत्काल गर्नुपर्ने निर्देशन दिएको छ ।

साथै दूधको उपभोक्ता विशेष परिस्थितिले गर्दा कम वा बजारसम्म बाहिर ननिस्किँदा दूध खपत नहुने अवस्था भएकामा उत्पादित दूध पाउडर बनाउने प्रयोजनका लागि उद्योगमा पठाउने व्यवस्था तत्काल गर्न सरकारको ध्यानाकर्षण गर्ने बताएको छ।

कुखुरा, अण्डा, माछामासु, तरकारी, फलफूल उत्पादक किसानहरुलाई देशभर लागू भएको बन्दाबन्दीबाट पुगेको क्षति अपूरणीय रहेको भन्दै उत्पादित कृषिजन्य पदार्थको पहुँच बजारसम्म हुन नसकेको ठहर गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .