कारोबार


रसुवा पुगेर हितेन्द्रले गरे बाढीप्रभावित ४ आयोजनाको निरीक्षण, २५० मेगावाट विद्युत् उत्पादन बन्द

रसुवा पुगेर हितेन्द्रले गरे बाढीप्रभावित ४ आयोजनाको निरीक्षण, २५० मेगावाट विद्युत् उत्पादन बन्द

नेपालखबर
असार २५, २०८२ बुधबार १५:५०, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मंगलबार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएको जलविद्युत् आयोजनाहरूको निरीक्षण गरेका छन्।

शाक्यसहित प्रसारण निर्देशनालयका निमित्त उपकारीकारी निर्देशक राजन ढकालसहितको उच्चस्तरीय प्राविधिक टोलीले निरीक्षण गरेको हो।

सो क्रममा चारवटा जलविद्युत् आयोजनामा बाढीले क्षति भएको देखिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। 

बाढीबाट रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्स पूर्ण रुपमा क्षति भएको छ भने चिलिमे जलविद्युत आयोजनाको टेलरेसबाट पानी पसेको छ।

यस्तै त्रिशूली ३ ए जलविद्युत् आयोजनाको ड्याम साइडको दुईवटा गेटमा क्षति पुगेको प्राधिरकणले जनाएको छ।

बाढीबाट त्रिशूली ३ बी हब सबस्टेसनमा पनि खोलाले धार परिवर्तन गरी सबस्टेसनभित्र पानी पसेको र हालसम्म १३२ केभीको बेलगायतका संरचनामा क्षति पुर्‍याएको छ। 

प्राधिकरणका अनुसार त्रिशूली करिडोरको रसुवागढी, त्रिशूली ३ ए, देवीघाट, त्रिशूलीलगायतका निजी क्षेत्रको अपर मैलुङ टाडी गरी लगभग २५० मेगावाट विद्युत् प्रणालीबाट विच्छेद भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad