कारोबार


आयोजनामा बाढी पस्दा २०० मेगावाट विद्युत् उत्पादन ठप्प

आयोजनामा बाढी पस्दा २०० मेगावाट विद्युत् उत्पादन ठप्प

नेपालखबर
असार २४, २०८२ मंगलबार १०:१४, काठमाडौँ

बाढीले क्षति गर्दा एकसय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनासहित चारवटा विद्युत् आयोजनामा क्षति पुगेको छ। 

चिलिमे जलविद्युत् आयोजनाका सीईओ इन्जिनियर बाबुराजा महर्जनका अनुसार आज बिहान भोटेकोसी नदीमा आएको बाढीले रसुवागढी जलविद्युत् आयोजनामा व्यापक क्षति पुर्‍याएकाे छ। 

त्यहाँबाट उत्पादन हुने १११ मेगावाट जलविद्युत् अहिले पूर्णरुपमा ठप्प रहेको महर्जनले जानकारी दिए। 

‘रसुवागढीसँगै ६० मेगावाट क्षमताको त्रिशूली-३ ‘ए’, २१ मेगावाट क्षमताको त्रिशूली र १५ मेगावाट क्षमताको बेनीघाट जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ,’ महर्जनले नेपालखबरसँग भने, ‘बाढीले गरेको क्षतिको कारण आजबाट दुईसय मेगावाट क्षमताको प्रशारण लाइन पूर्णरुपमा अवरुद्ध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad