कारोबार


बाफियामा व्यापक सुधारको खाँचो छ : ज्ञानेन्द्रबहादुर कार्की

बाफियामा व्यापक सुधारको खाँचो छ : ज्ञानेन्द्रबहादुर कार्की

फाइल तस्बिर


नेपालखबर
असार १९, २०८२ बिहिबार १४:१०, काठमाडौँ

पूर्वअर्थमन्त्री एवं  नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हतार हतारामा बैंक तथा वित्तीय संस्था विधेयक (बाफिया) पास गर्दा सुखद् परिणाम नआउने बताएका छन्।

बिहीबार अर्थ समितिमा भएको बाफियासम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले गम्भीरताकासाथ अन्तर्राष्ट्रिय प्रचलनअनुसार कानुन निर्माण गर्नुपर्ने र त्यसबाट मात्रै अर्थतन्त्र बलियो हुने बताए। 

सांसद कार्कीकाअनुसार अर्थतन्त्र सुधारोन्मुख गराउन बाफिया विधेयकमाथि व्यापक रुपमा नयाँ ढंगले छलफल गरेर जानुपर्छ। ‘बाफियामा व्यापाक सुधार गरेर गर्नुपर्छ, जसले मुलुकको सुस्त रुपमा रहेको अर्थतन्त्रलाई गति दिन सक्नुपर्छ,’ कार्कीले भने, ‘न्यून स्तरका कृषक, स्टार्टअपलाई कर्जा दिएर कसरी दिन सकिन्छ यसबारे सोच्नुपर्छ।’

ऋण लिन अहिले पनि जनतालाई सहजता नरहेको बताउँदै उनले एक करोड तल ऋण लिन बैंकमा जनता जाँदा पाउन कठिन भइरहेको बताए। धितोका नाममा धेरै दुःख दिने काम भइरहेको उनको भनाइ छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad