यो साता पहिलो कारोबार दिन सेयरबजार दोहोरो अंकले बढेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार २६.५३ अंकले बढेको नेप्से परिसूचक २६२२.२८ विन्दुमा उक्लिएको हो।
योसँगै ७ अर्ब १२ करोडको सेयर किनबेच भएको छ। १ करोड ६६ लाख कित्ता सेयर बिक्रीमा यो परिमाणको सेयर कारोबार भएको हो। यस दिन १८५ वटा सेयरको मूल्य बढ्दा ६३ वटाको घटेको छ।
यसमध्ये सप्तकोशी डेभलपमेन्टको सेयर ९.९९ प्रतिशतले बढेको छ। त्यसैगरी विन्ध्यवासिनी हाइड्रोको ८.९७ प्रतिशत, माछापुच्छ्रे बैंक डिबेन्चरको ८.१० प्रतिशत, ग्रिन भेन्चर लिमिटेडको ६.९५ प्रतिशत, त्रिशूली जलविद्युत् कम्पनीको ५.९२ प्रतिशतले सेयर बढेको छ।
घटेकामध्ये जोशी हाइड्रोका लगानीकर्ताले धेरै (५.५७ प्रतिशत) गुमाएका छन्। यसैगरी युनिलिभर नेपालको ३.४९ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ३.२० प्रतिशत, पियोर इनर्जी ३.१९ प्रतिशत र बुटवल पावर कम्पनीको ३.०३ प्रतिशतले सेयर मूल्य घटेको छ।
कारोबारतर्फ साहस ऊर्जाको ५७ करोड, बुटवल पावर कम्पनीको ३४ करोड, युनियन हाइड्रोपाव २४ करोड, ङादी ग्रुप पावरको २३ करोड र राधी विद्युतको २१ करोडको कारोबार भएको छ।
Shares

प्रतिक्रिया