सुनको मूल्य आज व्यापक मात्रा घटेको छ। हिजो तोलामा एकसय रुपैयाँ बढेको सुनको मूल्य आज तोलामै दुई हजार नौसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य आज तोलाको एक लाख ८९ हजार चार सय रुपैयाँ निर्धारण भएको छ। हिजो सुनको मूल्य एक लाख ९२ हजार तीनसय रुपैयाँ थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्ेको छ। आज चाँदीको मूल्य तोलाको दुई हजार एकसय ६५ रुपैयाँ निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
7.1k
Shares

प्रतिक्रिया