पिपुल्स पावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ।
कम्पनीले असार २२ गते हकप्रद सेयर निष्काशनमा ल्याउने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् ३१ करोड ६३ लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद हकप्रद सेयर निष्काशन गर्दै छ।
कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर ५ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।
हाल कम्पनीको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ छ। कम्पनीले हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात् गरेपछि चुक्ता पुँजी बढेर ९४ करोड ८९ लाख रुपैयाँ पुग्ने जनाएको छ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ।
105
Shares

प्रतिक्रिया