कारोबार


कतारले आकाश मार्ग खुलाएपछि वायुसेवा निगमले थाल्यो उडान, रोकिएका यात्रुको रकम फिर्ता गरिने

कतारले आकाश मार्ग खुलाएपछि वायुसेवा निगमले थाल्यो उडान, रोकिएका यात्रुको रकम फिर्ता गरिने

नेपालखबर
असार ११, २०८२ बुधबार ८:३२, काठमाडौँ

इरानले सोमबार राति कतारस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेपछि नेपाल वायुसेवा निगमले बन्द गराएको काठमाडौँ-दोहा उडान खुलाएको छ। 

कतारले आफ्नो आकाश मार्ग (एयर स्पेस) खुलाएपछि मंगलबार (असार १०) दिउँसो १:३५ बजेदेखि काठमाडौँ-दोहा-काठमाडौँ उडान पुन: सञ्चालन गरिएको जानकारी वायुसेवा निगमले दिएको हो। 

यसअघि कतार सरकारले जुन २३ अर्थात् मंगलबार बिहान सूचना (एनओटीएएम) जारी गरी सम्भावित युद्धजन्य जोखिमका कारण आकाश मार्ग अर्को सूचना नआउन्जेलसम्मका लागि अस्थायी रूपमा बन्द गरिएको बताएको थियो।

जसका कारण नेपाल वायुसेवा निगमद्वारा सञ्चालित आरए - २३९ /२४० (काठमाडौँ-दोहा-काठमाडौँ) उडान असार ९ गते रोकिएको थियो। 

तर मंगलबारै इजरायल र इरानबीच युद्धविराम घोषणा भएसँगै कतारले आकाश मार्ग खुला गरेपछि त्यही दिन दिउँसो १:३५ बजे वैकल्पिक विमानको व्यवस्था गरी त्यस विमानका लागि टिकट काटेका यात्रुहरूलाई अर्को विमानमार्फत पठाइएको वायुसेवा निगमले जनाएको छ।

यसबाट भएको असुविधाका लागि वायुसेवा निगमले यात्रुसँग माफी माग्दै जुन २३ मा  आरए - २३९ /२४० विमानका लागि टिकट बुक गराएका र आफ्नो गन्तव्यमा जान नपाएका यात्रुहरूलाई नेपाल वायुसेवा निगमका अन्य नियमित उडानमा निःशुल्क मिति परिवर्तन वा टिकटको पूरा रकम फिर्ता गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad