अर्थमन्त्री विष्णु पौडेलले ४ वटा क्षेत्रमा अपवादको रुपमा ३ करोडमुनिका आयोजना रहेको बताएका छन्।
बजेटमाथिको छलफलमा उठेका प्रश्नहरू सम्बोधन गर्दै प्रतिनिधिसभामा क्रमागत आयोजना, भुक्तानी दायित्व, संघीय सरकारको मात्रै क्षेत्राधिकार भएका आयोजना र अध्ययनका आयोजनाको लागि मात्रै ३ करोडभन्दा तलको बजेट विनियोजन गरिएको बताएका हुन्।
योजना आयोगले आयोजना बैंकमार्फत ३ करोड तलका आयोजना नसमेट्ने उल्लेख गरेको थियो। तर कतिपय १ लाख रुपैयाँकै आयोजना बजेटमा समावेश गरिएका छन्। अर्थमन्त्री विष्णु पौडेलले ३ करोडभन्दा साना आयोजना कुनै मन्त्रालयमा परेको भए प्रदेश सरकारलाई अख्तियारी दिने बताए।
‘संघीय सरकारले अपवादबाहेक ३ करोडभन्दा कम भएका आयोजनालाई अघि बढाउँदैन भन्नेमा दृढ छौँ’, अर्थमन्त्री पौडेलले भने।
1.1k
Shares

प्रतिक्रिया